काठमाडौं । सरकारले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको छ ।
दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर केसीलाई आईजीपी नियुक्त गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
पछिल्लो समय सरकार र आईजी कार्कीबीच टसल देखिएको थियो ।