सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक २३, २०८३
पर्यटन

पूर्वी पहाडको आकर्षक गन्तव्य बन्दै मुन्दुम पदमार्ग

भोजपुर । प्राकृतिक सुन्दरता, हिमशृङ्खला र किराँत संस्कृतिको संगम मुन्दुम पदमार्ग पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ। सरकारले एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ।

भोजपुर र खोटाङलाई जोड्ने पदमार्गको प्रमुख आकर्षण तीन हजार १३१ मिटर उचाइको टेम्केडाँडा हो। यहाँबाट कञ्चनजङ्घा, मकालु लगायतका हिमशृङ्खला र मनोरम पहाडी दृश्य अवलोकन गर्न सकिन्छ।

पदमार्ग क्षेत्रमा होमस्टे तथा गोठस्टे सञ्चालन बढ्दै गएका छन्। स्थानीय परिकार र उत्पादनले पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीयको आयआर्जनमा समेत सहयोग पुर्‍याएको छ।

तावाभञ्ज्याङबाट सुरु हुने मुन्दुम पदमार्गको पूरा यात्रा पाँचदेखि नौ दिनमा गर्न सकिन्छ। पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार गर्न सके यो पदमार्ग पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ।

०शेयर